नक्कली नोट सहित मानिस पक्राउ
२०८१-०१-१८
- A
- A-
- A+
१.
पर्सा, मिति २०८१/०१/१७ गते
अं. २०:०० बजेको समयमा जि.पर्सा बि.म.न.पा. ९ घण्टाघर स्थित सडकमा व.प्र.का. विर्ता
पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल भारत आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई
चेक जाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ १ जना पुरुष र १ जना महिला शंकास्पद
अवस्थामा पैदल आईरहेकोमा निजहरुलाई रोकी नाम, थर, वतन सोधपुछ गर्दा निजहरुले आफ्नो
नाम, थर, वतन क्रमश: देश भारत जिल्ला पश्चिमी चम्पारण बेतिया भावल पंचायत वडा नं. ४
बस्ने रहिम मियाँको छोरा वर्ष ३० को क्यामुदिन मियाँ र जिल्ला बारा प्रसौनी गा.पा.
२ बस्ने आलम अन्सारीको श्रीमती वर्ष ४० की हलिमा खातुन बताएकोमा निजहरुको शरीर खानतलासी
गर्दा निजहरुको साथमा नेपाली रु. १०००/- दरका नक्कली नोट थान १२३ (पुरुषबाट थान १
र महिलाबाट थान १२२) गरी जम्मा रु.१,२३,०००/- (एक लाख तेईस हजार) फेला परेकोले
उक्त नक्कली नोट सहित निजहरुलाई पक्राउ गरी व.प्र.का. विर्तामा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।