लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०१-२१
- A
- A-
- A+
१. पर्सा, मिति २०८१/०१/२० गते अं. २१:०० बजेको समयमा जिल्ला पर्सा बिरगंज म.न.पा. १६ रजतज्यन्ती चोक स्थितमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रक्सौलबाट बिरगंज तर्फ पैदल आउँदै गरेको जिल्ला चितवन भरतपुर म.न.पा. १ बस्ने मन बहादुर मुक्तानको छोरा वर्ष २९ को संतोष मुक्तानको शरीर चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको वायाँ गोजीमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध NITRAVET-10 लेखिएको २ पत्तामा जम्मा २७ पिस ट्याब्लेट फेलापरेकोले उक्त लागु औषध सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.बिर्तामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
१. सिरहा, मिति २०८१।०१।२० गते अं. १४:१५ बजेको समयमा जि. सिरहा गोलबजार न.पा. ४ स्थितमा ऐ. ऐ. ११ बलकवा घर बताउने हैद्रिस खानको छोरा अं. बर्ष ४७ को मो.जाकिर खानले संचालन गरेको अफ्रिम कुखुरा मासु पसलमा कुखुरा सफा गर्ने मेसिन मुनी ला.औ. लुकाई छिपाइ राखेको छ भने गोप्य सुचनाको आधारमा इ.प्र.का. गोलबजारबाट र मधेश प्रेदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कुखुरा मासु पसलमा चेक जाँच गर्दा कुखुरा भुत्ल्याउने मेसिन मुनी NITRA-VET-10 ट्याब्लेट १० पिस, DIAZEPAM - १०० एम्पुल, BUPRENORPHINA- १०० एम्पुल र PROMETHAZINA- १०० एम्पुल लागु औषध फेला परेकोले उक्त लागु औषध सहित निज जाकिर खान र सोही पसलमा काम गर्ने ऐ. धनगढीमाई न.पा. ९ मुसहर्निया टोल बस्ने रहमान खानको छोरा अं. बर्ष ४३ को कालु खानलाई नियन्त्रणमा लिई इ.प्र.का. गोलबजारमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
२. धनुषा, मिति २०८१/०१/२१ गते अं. १३:०० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा. ४ फुलगामा चोक स्थितमा इ.प्र.का. फुलगामाबाट खटिएको प्रहरी गस्ति टोलिले चेकजाँचको क्रममा जिल्ला धनुषा नगराईन न.पा. ९ बस्ने श्याम सुन्दर साहको छोरा अं. वर्ष २२ को लवराज साहको गोजीबाट Nitravet Tablet-10 लेखिएको ९ पिस ला.औ. फेला परेको हुँदा निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई जि.प्र.का.धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
३.
सप्तरी, मिति २०८१।०१।२१ गते
अं. ०६:५० बजेको समयमा जि. सप्तरी सप्तकोशी न.पा. २ पर्सा टोल स्थितमा प्रहरी चौकी
फत्तेपुरबाट खटिएको प्रहरी गस्ति टोलिले बलारदहबाट फत्तेपुर तर्फ आउँदै गरेको जि.
सुनसरी बराहक्षेत्र न.पा. ६ बस्ने कमल परियारको छोरा अं. बर्ष १९ को बिबेक परियारलाई
शंका लागि चेक जाँच गर्दा निजको साथबाट TRAMANIL नामक
५८ पिस क्याप्सुल फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई प्रहरी यस
चौकी फत्तेपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।