बिल बिजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा
२०८१-०१-२१
- A
- A-
- A+
१. बारा, मिति २०८१/०१/२० गते अं. १२:४०.बजेको
समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोक स्थित इ.प्र.का. सिमराबाट
खटिएको प्रहरी टोलीले बिरगंजबाट भैरहवा तर्फ कपडा, मोटर र पाइप लिएर जाँदै गरेको
ना.६.ख.०१३७ नं.को ट्रकलाई रोकी चेकजाँच
गर्दा बिलबिजक भन्दा बढी सामान रहेको हुदाँ अं. मुल्य रू. ५५,४५,२७०/- (पचपन्न लाख
पैंतालिस हजार दुइ सय सत्तरी रूपैयाँ) बराबरको सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको ।
२. पर्सा,
मिति २०८१।०१।२१ गते निम्न स्थानमा जि.प्र.का. पर्साबाट खटिएको प्रहरी टोलीले बिज
बिजक भन्दा भढी खुद्रा सामान लोड गरेको निम्न ट्रकहरुलाई नियन्त्रणमा लिई आवश्यक
कारवाहीको लागी जि.प्र.का. पर्सामा ल्याई राखिएको ।
निम्नः-
१.
जि. पर्सा बि.म.न.पा. १४
गण्डक चोक स्थितबाट अं. ०५:४० बजेको समयमा ना. ८ ख. २७१२ नं को ट्रकलाई अं. मुल्य
रु. ३०,७७,३५५/- (तिस लाख सतहत्तर हजार तिन सय पचपन्न
रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा लिएको ।
२.
जि.पर्सा बि.म.न.पा. ६ गहवा
स्थितबाट अं. ०६:०० बजेको समयमा ना. ६ ख. ७९७२ नं. को ट्रकलाई अं. मुल्य रु. २०,१५,६८१/- (बिस लाख पन्ध्र हजार छ सय एकासी रुपैयाँ) बराबरको
सामान सहित नियन्त्रणमा लिएको ।