८० लाख नगद लुटपाट भएको सम्बन्धमा
२०८१-०१-३०
- A
- A-
- A+
१.
धनुषा मिति २०८१/०१/२४ गते अं. ११:४५ बजेको
समयमा जि. धनुषा जनकपुर उ.म.न.पा. २
भानुचौकबाट रेल्वे जाने बाटोमा रहेको
हिमालयन बैंक लि. जनकपुर शाखाबाट ऐ.ऐ. १३ प्रगतिनगर बस्ने अं. वर्ष ५०/५५ को
बिरेन्द्र महतोले ज.७प. ५१५१ नं. को मो.सा.मा CAT लेखिएको कालो ब्याग (झोला)
मा नगद रु. ८०,००,०००/- (असी लाख) राखी शुभ श्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड
रघुनाथपुर धनुषा तर्फ लिएर जादै गरेको अवस्थामा नं. प्लेट नखुलेको मो.सा. मा सवार
३ (तीन) जना व्यक्तिहरुले उक्त पैसा भएको व्याग लुटी फरार भएको घटना सम्बन्धमा
मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त
टोलीले उक्त घटनामा संलग्न रहेका २ जना मानिस र निजको साथबाट रु. १४,५३,०००/- (चौध
लाख त्रिपन्न हजार ) सहित नियन्त्रणमा लिई जि.प्र.का. धनुषामा ल्याई थप अनुसन्धान कार्य
भइरहेको ।