फरार प्रतिवादी पक्राउ
२०८१-०२-३१
- A
- A-
- A+
१. सिरहा,
वन मुद्दामा ६ महिना कैद र रु.२,४१,७२०/- (दुई लाख एक्चालिस हजार सात सय बीस
रुपैयाँ) जरिवाना तोकिएको फरार प्रतिवादी जिल्ला
सिरहा गोलबजार
नगरपालिका १ जम्दह टोल
बस्ने बर्ष ५७ को हर्के बि.क. भन्ने हर्के कामीलाई बुधबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले
खोजतलास गर्दै जाने क्रममा निजकै घरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले
थप अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा नरहा गाउँपालिका
३ बस्ने बर्ष १९ को असलम खानलाई बुधबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नरहा, सिरहाबाट खटिएको
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला सिरहा कल्याणपुर नगरपालिका ११
स्थितबाट निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
।