अबैध हतियार सहित मानिस नियन्त्रणमा
२०८१-०३-१०
- A
- A-
- A+
१. सर्लाही,
मिति २०८१।०३।१० गते अं. ००:३० बजेको समयमा जिल्ला सर्लाही लालबन्दी न.पा.-१५ बोरे
डाडा बस्ने वर्ष ५० को रामलाल मोक्तानको घरमा अबैध हतियार लुकाई छिपाई राखिएको छ
भन्ने विशेष सुचनाको आधारमा मधेश प्रदेश कार्यालय जनकपुरको समन्वय तथा इलाका
प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलिले निज रामलाल मोक्तानको दुई तल्ले
काठको घरको दोस्रो तल्लाको उत्तर पट्टी रहेको कोठामा खानतलासी गर्दा काठको खम्बामा
झुन्ड्याएर राखिएको Adidas लेखिएको कालो झोला रहेकोमा
उक्त झोला चेकजाँच गर्दा झोला भित्र IN USA लेखिएको रिभलवर
हतियार थान -१ (एक) फेला परेकोले उक्त
हतियार सहित निज रामलाल मोक्तानलाइ इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याई थप
अनुसन्धान कार्य भईरहेको ।
२. रौतहट,
मिति २०८१।०३।१० गते अन्दाजी ००:३५ बजेको समयमा जिल्ला रौतहट गौर नगरपालिका २
महादेवपट्टी स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटको सशस्त्र
प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर
रौतहटबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर
प्लेट नखुलेको भारतीय Hero HF Deluxe मोटरसाईकललाई चेकजाँच
गर्ने क्रममा टुल बक्स राख्ने एरियामा लुकाई छिपाई राखेको कटुवा पेस्तोल १ (एक)
नाल सहित देश भारत जिल्ला सितामढी बैरगनिया-३ असोगी बस्ने अन्दाजी वर्ष २१ को
राहुल रामलाई निम्न सामाग्रीहरु सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
रौतहटबाट थप अनुसन्धान भईरहेको छ ।
निम्न:
१.
बरामद गरिएको अबैध हात हतियारको विवरण :-
१ कटुवा पेस्तोल -१ नाल
२.
बरामद गरिएका अन्य सामाग्रीहरुको विवरण –
१.
ईन्जिन नं. HA11ENK9E03083,
च्याचिस नं. MBLHAWO35K9E02000 को नम्बर प्लेट नखुलेको भारतीय Hero HF Deluxe मोटरसाईकल - १ थान ।
२.
OPPO
मोबाईल (मोडल नं. CPH2591)
- १ थान ।