लागृ औषध नियन्त्रणमा
२०८१-०३-१२
- A
- A-
- A+
१. रौतहट, मिति २०८१।०३।१२ गते अं. ०१:०० बजेको समयमा चन्द्रनिगाहपुर नगरपालिका ४ चन्द्रपुर बजार स्थित रहेको फैमली रेष्टुरेन्टको शौचालयमा १ जना मानिस बेहोस अवस्थामा छ भनी खबर प्राप्त हुना साथ तत्काल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला गोरखा पालुङ्टार न.पा. २ बस्ने संतोष पराजुली बेहोस अवस्थामा रहेको र उक्त शौचालय चेकजाँच गर्दा १ थान सिरिन्च फेला परेकोले निजले नसालु पदार्थ प्रयोग गरेको जस्तो देखिएको साथै निजको ब्याग खानतलासी गर्दा लागू औषध नाईट्राभेट ट्याब्लेट ३ पत्तामा ४५ पिस जसमा ४ पिस प्रयोग भईसकेको र opotab ट्याब्लेट १० पिस साथमा ४ थान मोबाईल र सुटकेश थान १ फेला परेकोले निज संतोष पराजुलीलाई उपचारको लागि पठाई थप अनुसन्धान कार्य भईरहेको छ ।
२. सर्लाही, मिति २०८१।०३।११ गते अं. १८:४० बजेको समयमा जिल्ला सर्लाही हरिपुर न.पा. ९ पिडारी स्थित इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले गस्ति गर्दै जाने क्रममा जानकीनगरबाट पिडारी तर्फ आउँदै गरेको BR 30 L 9557 नं. को ग्ल्यामर मोटरसाइकल गस्ति टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी मानिस फरार भएकोमा उक्त मोटरसाइकल चेकजाँच गर्दा सिट भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा ५ (पाँच) किलो फेला परेकोले उक्त लागू औषध सहित मो.सा. नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।