स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८१-०३-१३
- A
- A-
- A+
पर्सा, जगरनाथपुर गाउँपालिका
५ मसिहानी स्थितबाट स्रोत नखुलेको नगद नेपाली रु. १,०००/- दरका नोट-५०० थान, रु. ५००/-
दरका नोट १०० थान गरी जम्मा रु.
५,५०,०००/- (पाँच लाख पचास हजार रुपैयाँ) सहित
भारत विहार जिल्ला वेतीया ग्राम इनर्वा बजार बस्ने वर्ष ३२ को सिताराम
प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय
पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मसिहानी सडकखण्डमा म.प्र.०३-०२६
प ५५९२ नम्बरको मोटरसाईकलमा सवार निजलाई उक्त रकम सहित नियन्त्रणम लिएको हो । यस
सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेको छ।