प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०४-११

  • A
  • A-
  • A+
Share

१.      सिरहा, सुखिपुर न.पा.८ वैशाखा स्थितबाट अपहरण तथा शरिर बन्धक मुद्दाका अनुसनधानको क्रममा बारदात फश्चात फरार रहेका प्रतिवादी जिल्ला सिराहा सुखिपुर नगरपालिका २ विधानगर बस्ने श्याम सुन्दर मण्डलको छोरा अं. बर्ष २५ को दिनेश मण्डललाई इलाका प्रहरी कार्यालय सुखिपुर सिरहाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२.     बारा, कोल्हवी न.पा.०२ हनुमानगंज स्थितबाट बैकिङ कसुर मुद्धाका फरार रहेको जिल्ला मकवानपुर दामन गा.बि.स.वडा नं.१ हाल परिवर्तित ऐ.ऐ.थाहा न. पा.०३ स्थाई वतन भई हाल जिल्ला बारा कोल्हवी न.पा.० २ बस्ने भगवान प्रसाद मैनालीको श्रीमती बर्ष ३३ की रमा कार्कीलाई इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२३

१.     महोत्तरी, सोनमा गाउँपालिका ३ खखना स्थितबाट लागू औषध EXIPLON-8 कफ सिरफ १५ बोतल (१००ml को) सहित जिल्ला महोत्तरी बर्दिबास नगरपालिका ८ बस्ने बर्ष २५ को संतोष कुमार महतो, बर्दिबास नगरपालिका ७ बस्ने वर्ष १९ को श्रवण कुमार महत्तो र बर्ष १७ को निरज कुमार साहलाई शनिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रघुनाथपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश २-०२-००२ प. ३५४१ नम्बरको डिस्कभर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित  नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सप्तरी, शम्भुनाथ नगरपालिका वडा नं. २ कनकपट्टी स्थितबाट लागू औषध नाईट्रोभेट ट्याब्लेट १५ पिस, डाईजोपाम ५ पिस, प्रोमेटाजाम हाइटो क्लोराईड ५ पिस र आई पिपिएल बुफेनो ४ पिस सहित जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका २ कनकपट्टी बस्ने रामदेव सरदारको श्रीमती वर्ष ४८ की रामपरी देवी सरदार र निजको छोरा वर्ष २१ को राम सेवक सरदारलाई शनिवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा खानतलासी गर्ने क्रममा निजहरुलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।३.     सिरहा, कर्जन्हा नगरपालिका वडा नं. ११ स्कुल टोल स्थितबाट लागू औषध गाँजा २९० किलोग्राम सहित जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. ११ बस्ने बर्ष ३७ को प्रदिप मुखियालाई आईतबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही स्थान बस्ने बर्ष ३० की शोभा कुमारी साहको घर पछाडी खानतलासी गर्दा बेवारिसे अवस्थामा प्लाष्टिकको १९ वटा पोकामा उक्त परिमाणको लागू औषध गाँजा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

१.     रौतहट, गौर नगरपालिका ८ बसपार्क स्थितबाट लागू औषध Cocas Dx 100 ml को १० बोतल, Cocas Dx 60 ml को १ बोतल र Nitravet 10 लेखिएको ५ पत्तामा ७५ पिस ट्याब्लेट सहित गरुडा नगरपालिका ४ बस्ने वर्ष २० को संजय कुमार उपाध्यायलाई बिहीवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । २.     सर्लाही, पर्सा गाउँपालिका ३ स्थितबाट लागू औषध ONEREX -100 ml को बोतल थान- २०१ सहित जिल्ला सर्लाही हरिवन नगरपालिका ९ बस्ने बर्ष २४ को धर्मेन्द्र राउतलाई बिहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नारायणपुर सर्लाहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको प्र.१-०१-०२ ०५४ प ४८३४ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ३.     सर्लाही, बागमती नगरपालिका -१२ स्थितबाट लागू औषध डाईजेपाम ११४ एम्पुल, फेनारगन ११४ एम्पुल र नोर्फिन १०२ एम्पुल गरी जम्मा ३३० एम्पुल सहित बागमती न.पा.-१२ बथाने टोल बस्ने वर्ष ५५ को ओमप्रकाश बर्णवाललाई बिहीवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैया र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा ओमप्रकाश बर्णवाल र निजको छोराहरु बिबेक बर्णवाल र बिकाश बर्णवाल समेतले लागू औषध ओसार-पसार तथा बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुना साथ निजको घर खानतलासी गर्दा उक्त परिमाणको लागू औषध बरामद गरि निज ओमप्रकाश बर्णवाललाई लागू औषध सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कार र नगद सहित मानिस नियन्त्रणमा
२०८१-०५-१९

पर्सा, बिरगंज महानगरपालिका वडा नं.१६ स्थित भानु प्लाजा होटलमा लागू औषध खरिद बिक्री कार्य भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं.१०४ बाट भारत राजस्थान ढुगंरपुर पाली बस्ने वर्ष ३६ को बाबुलाल र सोही स्थान बस्ने वर्ष २८ को श्रवण बिसनोईलाई भा.रू.५००/- दरका नोट ६०० थान (रू.३,००,०००/-), भा.रू.२००/- दरका नोट ५९५ थान (रू.१,१९,०००/-), भा. रू.१००/- दरका नोट १०० थान (रू.१०,०००/-), नेपाली रू.१,०००/- दरका नोट- ३९० थान (रु.३,९०,०००/-) गरी जम्मा भा.रू.४,२९,०००/- (चार लाख उनन्तीस हजार) र नेपाली रु.३,९०,०००/- (तीन लाख नब्बे हजार) र मोबाईल थान-२ वटा सहित निजहरुको DL 3 CB U 8035 नम्बरको भारतीय Shift Car नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

वेवारिसे अवस्थामा रहेको लागुऔषध फेला परेको
२०८१-०५-१७

१.      पर्सा, बिरगंज महानगरपालिका १६ बसपार्क नजिकबाट लागू औषध चरेस जस्तो देखिने पदार्थ दुई वटा पोकामा ११ के.जी. १०० ग्राम आईतवार राती प्रहरीले बरामद गरेको छ । बसपार्क नजिकै रहेको खाली चौरमा शंकास्पद कालो रंगको झोला  वेवारिसे अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी बासपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोला भित्र उक्त परिमाणको लागू औषध बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  २.     बारा, जितपुरसिमरा उपमहानगरपालिका ७ बैदेही पेट्रोल पम्प स्थितबाट आईतवार बेलुका प्रहरीले बेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ४० के.जी. बरामद गरेको छ । बैदेही पेट्रोल पम्प अगाडी रोडको पूर्व साईडको नाला भित्र ४ ओटा झोला संकास्पद अवस्था रहेको छ भन्ने सुचना प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा ४ ओटा झोला प्रत्येक झोलामा १० के.जी. का दरले लागू औषध फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।