अबैध समान सहित ट्रक नियन्त्रणमा
२०८१-०४-१७
- A
- A-
- A+
१.
बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१
पथलैया स्थित वीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.२-०३-००१ ख ३६८९ नम्बरको ट्रकलाई
चेक जाँच गर्दा बिल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू.
७५,१०,८१६/- बराबरको मोविल,
कस्मेटिक, मेशनरी पार्ट, ब्याट्री, चना र अन्य सामानहरु सहित ट्रकलाई प्रहरीले
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा
पठाईएको छ ।