फरार प्रतिवादी नियन्त्रणमा
२०८१-०५-१९
- A
- A-
- A+
बारा,
खोटा चलन मुद्दामा २ बर्ष कैद र रु.४,७६,८००/- जरिवाना भएको फरार प्रतिवादी जिल्ला
बारा सिम्रौनगढ न.पा.४ हरिहरपुर बस्ने बर्ष ३८ को मकसुद अंसारीलाई आज दिउँसो
प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले
सिम्रौनगढ नगरपालिका ४ हरिहरपुर स्थितबाट निजलाई नियन्त्रणमा लिई सम्मानित बारा
जिल्ला अदालत कलैयामा बुझाएको छ ।