खुद्रा सामान सहित ट्रक नियन्त्रणमा
२०८१-०५-२६
- A
- A-
- A+
१. बारा,
जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया चौक स्थितबाट बिल बिजक भन्दा बढी सामान लोड
रहेको ना ३ ख १६४३ नम्बरको ट्रकलाई मंलवार राती प्रहरीले
नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी चेकिङ टोलीले बिरगंजबाट
झापा तर्फ जाँदै गरेको ट्रकलाई चेक जाँच गर्दा बिल बिजक भन्दा बढी
सामान रहेको र राजस्व छलीको आशंकामा खुद्रा सामान (कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट)
अ.मुल्य रु. ३६,१२,४६८/- (छत्तिस लाख बाह्र हजार चार समय अरसट्ठी रुपैयाँ) बराबरको सामान सहित नियन्त्रणमा
लिई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।
२. सर्लाही,
बागमती नगरपालिका१२ स्थितबाट बिल बिजक भन्दा बढी सामान लोड रहेको ना ६ ख १३३१ नम्बरको ट्रकलाई मंलवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेक
जाँच गर्ने क्रममा बिरगंजबाट बिराटनगर तर्फ जाँदै गरेको उक्त नम्बरको डिब्बा
(कन्टेनर) गाडीलाई चेकजाँच गर्दा सामानको प्रज्ञापन पत्र नभएको, भ्याटबिल नभएको प्यानबिल मात्र भएको र बिलमा मुल्य उल्लेख भएको बिल बिजक
शंकास्पद देखिएको सामानहरु (मेडिसिन, किराना सामानहरु,
गाडीको पार्टसहरु र मोबाईल पार्टसहरु) अं. मुल्य रु. ३९,९८,४८८/- (उनन्चालिस लाख अन्ठान्बे हजार चार सय
अठासी रुपैयाँ) बराबरको मालसामान सहित डिब्बा (कन्टेनर) गाडीलाई नियन्त्रणमा लिई आवश्यक
कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।