प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०६-०२

  • A
  • A-
  • A+
Share


१.      सिरहा, लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको फरार प्रतिवादी जिल्ला सिरहा सुखिपुर नगरपालिका १० बस्ने बर्ष २१ को अजय कुमार रामलाई मंगलबार सांझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोकबाट खटिएको प्रहरी टोलीले निजलाई सुखिपुर नगरपालिका ७ दहिपौडी चौकबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

२.     रौतहट, लागू औषध मुद्दामा रु. १,००,०००/- (एक लाख रुपैयाँ) जरिवाना र २ बर्ष कैद सजाय भएको फरार प्रतिवादी जिल्ला रौतहट बृन्दावन नगरपालिका १ बस्ने बर्ष २८ को बिगु पटेललाई बुधवार बिहान प्रहरीले नियन्त्रणमा लिईएको छ । प्रहरी चौकी बिश्रामपुरबाट खटिएको प्रहरी टोलीले निजलाई बृन्दावन नगरपालिका १ चादी खोलाबाट नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार