स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७
- A
- A-
- A+
रौतहट, मौलापुर नगरपालिका ६ पथराबुधराम स्थितबाट श्रोत नखुलेको नेपाली रु. १०,००,०००/- (दश लाख रुपैयाँ) सहित देश भारत जिल्ला मोतिहारी ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बस्ने बर्ष २३ को राज किशोर ठाकुरलाई आईतवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको BR05AC 9477 नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा निजलाई उक्त रकम सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।