फरार प्रतिवादी पक्राउ
२०८२-०१-१४
- A
- A-
- A+
१.
धनुषा, जनकपुर उप-महानगरपालिका-४ स्थित मण्डल
कुट्टीबाट जिल्ला धनुषा विदेह नगरपालिका-५ बस्ने अन्दाजी वर्ष-३० को संजिव कुमार
मण्डल ठगी मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, नगराईन नगरपालिका-३ स्थित इलाका प्रहरी
कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत धनुषाबाट ज्यान मार्ने उधोग
चालु मुद्धाको अनुसन्धानको सिलसिलामा फरार रहेको प्रतिवादीलाई सोही स्थान बस्ने जोगिन्द्र
साहको छोरा अन्दाजी बर्ष-३३ को बेचन साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
गरिरहेको छ ।