स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०१-१४
- A
- A-
- A+
१.
सर्लाही, मलंगवा नगरपालिका-६ खुटौना स्थित
भित्री सडक खण्डमा प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ
आउँदै गरेको BR06CT 2422 नम्बरको मोटरसाईकललाई शंका लागि चेक जाँच
गर्दा मोटरसाईकल चालक देश भारत जिल्ला सितामढी थाना कुनौली बस्ने अन्दाजी वर्ष-४०
को शम्भु कुमार साहले लुकाइ छिपाइ ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नेपाली
रू. ३२,३५,४४०।- (बत्तिस लाख पैतिस हजार चार सय चालीस रुपैयाँ)
र भारतीय रू.२,१४०।– (दुई हजार एक सय चालिस रुपैयाँ) फेला पारी,
नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि श्रोत नखुलेको रकम,
मोटरसाईकल र चालक सहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याई अनुसन्धान
गरिरहेको छ ।