फरार प्रतिवादी पक्राउ
२०८२-०२-०५
- A
- A-
- A+
१.
बारा, लागु औषध (गाँजा) मुद्दामा १ बर्ष २ महिना १
दिन कैद र रु.२५,०००/- जरिवाना भएको फरार प्रतिवादी जितपुरसिमरा उप-महानगरपालिका
वडा नं. २२ चकरी टोल बस्ने राम बहादुर घलानको छोरा बर्ष ३० को सुरेश घलानलाई
आईतवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले निजलाई सोही
वडाको चकरी बजारमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।