कालो मोसो दल्ने अखिल (क्रान्तिकारी)का मधेश प्रदेश अध्यक्ष र अनेरास्ववियु (क्रान्तिकारी)का सिरहा जिल्ला अध्यक्ष पक्राउ ।
२०८२-०२-०५
- A
- A-
- A+
मिति
२०८२।०२।०४ गते अं.१७;३० बजेको समयमा जि.धनुषा लक्ष्मिनिया गा.पा.४
सपही स्थितमा रहेको वि.पि.स्मृति बहुप्राविधिक शिक्षालयमा सोही शिक्षालयको प्रमुख
गोबिन्द पौडेललाई निम्न कारणले नेपाल कम्युनिष्ट पार्टी बहुमतको भातृ संगठन अखिल
नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (क्रान्तिकारी) मधेश प्रदेशको अध्यक्ष
जि.महोत्तरी बर्दिवास न.पा.३ गौरीडाँडा बस्ने कुबेर घिमिरेको छोरा अं.बर्ष २३ को
आयुष घिमिरे र अनेरास्वबियु (क्रान्तिकारी) को सिरहा जिल्लाको अध्यक्ष जि.सिरहा
कल्याणपुर न.पा.१ बनिनिया बस्ने बेचन महराको छोरा अं.बर्ष ३१ को रामदेव कुमार महरा
दुबै जना मिलि कालो मोसो शरिरको बिभिन्न भागहरुमा दली भाग्ने लागेको अवस्थामा उक्त शिक्षालयको कर्मचारीहरुले टे.फो.मार्फत ऐ.
१९;००
बजेको समयमा प्र.चौ.लक्ष्मिनियाँमा जानकारी
गराउन साथ प्र.चौ. लक्ष्मिनियाँबाट प्र.स.नि.उमानन्द सुनरैतको टोली र
इ.प्र.का.महेन्द्रनगर धनुषाबाट प्र.नि.राजाराम यादवको कमाण्डमा टोली खटि गई कालो
मोसो फाल्ने दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगर धनुषामा ल्याई थप अनुसान्धान कार्य भइरहेको साथै निजहरुबाट फेला
परेको पर्चामा भएको उल्लेखित बुदाँहरु निम्न रहेको ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन(क्रान्तिकारी) अखिल(क्रान्तिकारी) द्वारा भ्रष्ट गोबिन्द पोडेललाई जनकारवाही किन ?
निम्नः-
१. नक्कली प्रमाणपत्र निर्माण- फेल
भएको विद्यार्थीलाई गैरकानुनी रुपमा पास गराई
नक्कली प्रमाणपत्र तयार पार्ने कार्यमा संलग्न ।
२. प्रमाणपत्र बिक्री कारोवार- अवैध
प्रमाणपत्र बिक्री मार्फत आर्थिक कारोबार गरी बिद्यार्थीहरुको भविष्य माथि खेलवाड
।
३. गम्भिर आर्थिक भ्रष्टाचार- साथै
कार्यालयमै आर्थिक अनियमिता तथा घुस प्रथालाई संस्थागत गर्ने कार्यमा अग्रसर ।
४. शैक्षिक माफियासँगको साँठगाँठ- निजी
शिक्षालयहरुसँग मिलेमतो गरी ठगीधन्दा सञ्चालनमा सघाउने भूमिका ।
५. शैक्षिक संस्थाको साखमा दाग –
हाल प्राचार्यको भूमिकामा समेत पुराना भ्रष्ट
प्रवृत्तिहरुको निरन्तरता दिंदै सार्वजनिक शिक्षालयको साख गिराउने कार्य ।
६. छानबिनमा बेवास्ता- सम्बन्धित
निकायमा बारम्बार उजुरी र प्रमाण प्रस्तुत हुँदाहुँदै पनि कुनै छानविन नभएको र
त्यसको संरक्षण गर्ने प्रयास गरिएको ।