लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०२
- A
- A-
- A+
१.
बारा, बिश्रामपुर गाउँपालिका १ खेखरिया स्थितबाट
१ के. जी. लागु औषध गाँजा (प्लाष्टिक सहित) सहित सोही स्थान बस्ने जयनारायण
पंडितको छोरा बर्ष ४६ को बिनोद पंडित कुमहार भन्ने (मुसा पंडित कुमहार)लाई बुधबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको प्रहरी
टोलीले नेपालबाट भारत तर्फ जाँदै गरेको साईकल यात्रीलाई शंका लागी चेक जाँच गर्ने
क्रममा साईकलको हेण्डीलमा झुण्डियाई राखिएको झोलामा चेक जाँच गर्दा उक्त परिमाण
बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, बिदेह नगरपालिका १ ठाडि स्थितबाट अवैध
ब्राउन सुगर जस्तो देखिने पदार्थ ६८० मिली ग्राम सहित प्र-२-०२-००४ प ९२१४ नम्बरको
मोटरसाईकल चालक जिल्ला धनुषा कमला नगरपालिका-९ हथलेटवा टोल बस्ने गुरुशरण मंण्डलको
छोरा अन्दाजी बर्ष २१ को अमित कुमार मण्डल र सोही मोटरसाईकलमा पछाडि सवार सोही नगरपालिकाको
वडा नं. ९ दुर्बकोट टोल बस्ने बिदेश राम
मण्डलको छोरा अन्दाजी बर्ष २२ को राहुल कुमार मण्डललाई बुधवार दिउँसो
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिंझाबाट खटिएको प्रहरी टोलीले भारतबाट
नेपाल तर्फ आउँदै गरेको मोटरसाईकललाई शंका लागी
चेक जाँच गर्ने क्रममा अवैध लागु
औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेकोले लागु औषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।