लागु औषध गाँजा सहित मानिस र मोटरसाईकल नियन्त्रणमा
२०८२-०६-०५
- A
- A-
- A+
पर्सा, बीरगंज महानगरपालिका २७ जसौली गाँउ स्थितबाट लागु औषध गाँजा ६ किलोग्राम सहित पर्सागढी नगरपालिका-७ बस्ने दरोगा राउतको छोरा अन्दाजी बर्ष ५० को देवेन्द्र राउत र बहुदरमाई नगरपालिका-२ सिरसियारी बैरिया टोल बस्ने मोती राउत अहिरको छोरा अन्दाजी बर्ष ४० को अशोक यादवलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट उदयपुरघुर्मी पर्सा र प्रहरी चौकी डकैलाबहुअरीबाट खटिएको संयुक्त टोलीले बडनिहारबाट भारत तर्फ जाँदै गरेको BR 05 N 0493 नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागुऔषध गाँजा फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।