लागु औषध गाँजा सहित पिकअप गाडी नियन्त्रणमा
२०८२-०६-०५
- A
- A-
- A+
रौतहट, ईशनाथ नगरपालिका-८ मनसरी स्थितबाट लागु
औषध गाँजा ३३४ किलो ग्राम र प्रदेश नं. ३-०१-०२२ च १८६१ नम्बरको पिकअप गाडी शनिबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरी
टोली गस्ति गर्दै जाने क्रममा तरकारी लोड भएको पिकअप गाडीको चालक
(हाल नाम, थर नखुलेको) प्रहरी टोलीलाई देख्ना साथ पिकअप गाडी छाडी फरार भएकोमा
उक्त तरकारी लोड भएको पिकअप गाडीलाई चेकजाँच
गर्दा तरकारीको बोरा तल लुकाई छिपाई ल्याएको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला
परेकोले लागु औषध सहित पिकअप गाडी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।