लागु औषध गाँजा सहित मिनी ट्रक र मानिस नियन्त्रणमा
२०८२-०६-०७
- A
- A-
- A+
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२१
अमलेखगंज स्थितबाट लागु औषध गाँजा २३६ किलो ७५० ग्राम र बा २ ख ९५६९ नम्बरको मिनी
ट्रक र
चालक जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने सानुलाल रुम्बाको छोरा अन्दाजी बर्ष
३८ को रमेश रुम्बालाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी
कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले मकवानपुरबाट बिरगंज तर्फ आउँदै गरेको मिनी
ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त मिनी ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रिपालले ढाकी लुकाई
छिपाई राखेको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध सहित ट्रक
र ट्रक चालकलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।