लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०६-०९
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका-१७
पटेर्वा टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८८० मिली ग्राम सहित
सोही स्थान बस्ने राम उदागर मुखिया को छोरा अन्दाजी बर्ष १८ को अर्जुन मुखिया र जमाल उदिन राइनको
छोरा अन्दाजी बर्ष १७ को तारिक राइनलाई बुधवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको
छ । इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने
क्रममा स ४ प ७१९१ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु
औषध जस्तो देखिने पदार्थ फेला परेकोले लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, चन्द्रनिगाहापुऱ नगरपालिका
६ देउराली चोक स्थितबाट लागु औषध (ट्रामाडोल) ३०० पत्तामा ३,००० पिस (तीज हजार पिस) सहित चन्द्रनिगाहापुर
नगरपालिका ७ बस्ने अन्दाजी बर्ष ५३ को दिपेन्द्र कुमार साहलाई
बिहिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण
ब्यूरो र जिल्ला प्रहरी कार्यालय रौतहटबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना
३३ प ९५३३ नम्बरको मोटरसाईकललाई चेक जाँच
गर्ने क्रममा निजको साथबाट उक्त परिमाण बराबरको लागु औषध (ट्रामाडोल) फेला
पारेकोले लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।