बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरु सहित ट्रक नियन्त्रणमा
२०८२-०६-२२
- A
- A-
- A+
पर्सा,
बिरगंज महानगरपालिका १४ गण्डक चोक स्थितबाट राजश्व
छली चोरी निकासी गरी बिल बिजक भन्दा बढीका खुद्रा तथा हार्डवेयर लगायतको सामानहरु अन्दाजी
मुल्य रु. २,६४,५९,१७२/- (दुई करोड चौंसट्ठी लाख उनन्साट्ठी हजार एक सय बहत्तर
रुपैयाँ) बराबरको सामानहरु सहित प्र.२-०३-००१ख ६२७२, ना ३ ख ४६ ५५, लु.१ ख ४५५० र
ना. ६ ख ०७२६ नम्बरको मालवाहक ट्रकलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी गण्डक र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त चेकिङ्ग
टोलीले बिरगंजबाट पथलैया तर्फ आँउदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्दा राजश्व
छली चोरी निकासी गरी बिल बिजक भन्दा बढीका खुद्रा तथा हार्डवेयर लगायतको सामानहरु लोड
गरी लाँदै गरेको उक्त चार वटा ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा
कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाएको छ ।