बिल बिजक भन्दा बढी खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा
२०८२-०६-२३
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका ८ घण्टाघर स्थितबाट
बिलबिजक भन्दा बढी सामानहरु अन्दाजी मूल्य रु. ५१,६५,९४४/- (एकाउन्न लाख पैंसट्ठी
हजार नौ सय चौवालिस रुपैयाँ) बराबरको सामान सहित ना ५ ख ३७२२ नम्बरको ट्रकलाई
बुधबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट
खटिएको प्रहरी गस्ती टोलीले चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेको देखिएकोले ट्रक सहित
चालक जिल्ला पर्सा सखुवाप्रसौनी गाउँपालिका ३ बस्ने बर्ष ५० को अनवर हुसेन अंसारी
र सह-चालक सोही स्थान बस्ने बर्ष २० को
सन्तु पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व
अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।