लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु सहित मानिस नियन्त्रणमा
२०८२-०६-२७
- A
- A-
- A+
१.
पर्सा, पटेर्वा सुगौली गाउँपालिका-५ निचुटा गौरीशंकर मन्दिर नजिक रहेको आँपको
बँगैचा स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु १
ग्राम १९० मिलिग्राम सहित पर्सा धोबिनि गाउँपालिका-२ भिखमपुर टोल बस्ने नन्दलाल
साह तेलीको छोरा अन्दाजी वर्ष २० को भुलन कुमार साह र पटेर्वा सुगौली गाउँपालिका-५
निचुटा बस्ने बृजकिसोर साहको छोरा अन्दाजी वर्ष २४ को पिताम्बर साहलाई आईतबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सुगौली पर्साबाट
खटिएको प्रहरी टोलीले निचुटाबाट महादेवपुर तर्फ जाँदै गरेको म.प्र.०३-०३५ प ३०३७ नम्बरको
मोटरसाईकललाई चेक जाँच गर्दा निजहरुको साथबाट उक्त परिमाण बराबरको लागु औषध ब्राउन
सुगर जस्तो देखिने बस्तु फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, बिदेह नगरपालिका-१ ठाडिझिझा
स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ ग्राम ९९० मिलिग्राम सहित जिल्ला
सर्लाही ईश्वरपुर नगरपालिका-३ भक्तिपुर बस्ने जोगिन्द्र सहनीको छोरा अन्दाजी बर्ष
२९ को नन्दु सहनीलाई आईतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
ठाडीझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको शंकास्पद पैदलयात्री नन्दु सहनीलाई चेक जाँच
गर्दा निजले लगाएको कालो ज्याकेटको दाहिने खल्तीमा लुकाई छिपाई ल्याएको उक्त
परिमाण बराबरको ब्राउन सुगर जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।