स्रोत नखुलेको रकम, चेकबुक र तमसुक सहित मानिस नियन्त्रणमा
२०८२-०६-२७
- A
- A-
- A+
१.
सिरहा, सिरहा नगरपालिका २०
लकडिगदियानी स्थितबाट श्रोत नखुलेको नेपाली रकम रु. ८,२५,०००/- ( आठ लाख पच्चिस हजार
रुपैयाँ), कपाली तमसुक २ थान, विभिन्न बैंकको चेकबुक ५ थान, आरूष रेमिटेन्सको
स्टाम्प १ थान, विभिन्न बैंकको ATM कार्ड ५ थान सहित कल्याणपुर नगरपालिका १ बनिनिया बस्ने आशिष
मण्डलको छोरा वर्ष ३० को राशिन्द्र मण्डललाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल
तर्फ आउँदै गरेको म.प्र.०२-०१-००३ प २१०२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्ने
क्रममा निजलाई श्रोत नखुलेको रकम, कपाली तमसुक, चेकबुक र ATM
सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।