बिल बिजक भन्दा बढी खुद्रा तथा औषधिहरू लोड गरेको ट्रक नियन्त्रणमा
२०८२-०६-२८
- A
- A-
- A+
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४
गण्डक स्थितबाट बिल बिजक भन्दा बढीका खुद्रा तथा औषधिहरू अन्दाजी मुल्य रु. ४४,१०,९१७/- (चौवालिस लाख दश हजार नौ सय सत्र रुपैयाँ)
बराबरको सामान सहित ना.३ ख ९१७५ नम्बरको मालवाहक ट्रकलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी गण्डक र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले राजश्व
छली चोरी निकासी गरी विल विजक भन्दा बढीका खुद्रा तथा औषधिहरू लोड गरी विरगंजबाट
मोरङतर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।