लागु औषध गाँजा र मोटरसाईकल सहित मानिस नियन्त्रणमा
२०८२-०६-२८
- A
- A-
- A+
महोत्तरी, बर्दिवास नगरपालिका-४
पञ्चधुरा मन्दिर स्थितबाट लागु औषध गाँजा १० किलो ४८२ ग्राम (प्लाष्टिक सहित) र प्रदेश-२-०२-००४प.६६५६
र बा.प्र.०२-०२३ प.३६०५ नम्बरको २ वटा मोटरसाईकल सहित जिल्ला सर्लाही
हरिवन नगरपालिका-४ बस्ने सन्तविर घिसिङको छोरा वर्ष २३ को डेनिस घिसिङ, गोविन्द
बहादुर बुलनको छोरा वर्ष २९ को राज बुलन, जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका-२
बस्ने राम नारायण यादवको छोरा वर्ष २६ को धिरण यादव र सोही स्थान बस्ने रामबाबु यादव को छोरा वर्ष २४
को उमेश यादवलाई सोमबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी प्रहरी कार्यालय बर्दिबास र लागु औषध
नियन्त्रण ब्युरो शाखा बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले भित्री
सडक खण्डमा शंकास्पद मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको क्रममा
सोही स्थानको झाडीमा लुकाई छिपाई राखिएको उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला
परी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।