लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-२७
- A
- A-
- A+
महोत्तरी, मनरासिस्वा नगरपालिका-२ स्थित
भोल्ही-सरपल्लो सडक खण्ड स्थितबाट लागु औषध गाँजा २० किलो ग्राम सहित महोत्तरी
सोनमा गाउँपालिका-१ बस्ने सियाराम यादबको छोरा बर्ष ३१ को रामभरोश यादवलाई सोमबार
बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी
चौकी इटहर्वाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा सरपल्लोबाट
भोल्ही तर्फ आउँदै गरेको one test १५० सि.सि.को पल्सर मोटरसाईकललाई
चेक जाँच गर्ने क्रममा उक्त परिमाण बराबरको लागु औषध गाँजा फेला परेकोले लागु औषध
सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।