लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-२९
- A
- A-
- A+
१. महोत्तरी,
लोहरपट्टी नगरपालिका-८ भगवानपुर चोक स्थितबाट लागु औषध गाँजा अन्दाजी ७५० ग्राम (प्लास्टिक
सहित) सहित बलवा नगरपालिका-९ बस्ने रामलखन सदाको छोरा बर्ष २४ को रामजी सदा र जिल्ला
धनुषा सबैला नगरपालिका-१० बस्ने सतार धुनियाको छोरा बर्ष २५ को गुलाम धुनियालाई
मंगलबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भमरपुराबाट खटिएको
प्रहरी टोलीले पैदल यात्री रामजी सदालाई
शंका लागी चेक जाँच गर्दा निजले बोकेको कालो झोला भित्र राखिएको उक्त परिमाण
बराबरको लागु औषध गाँजा फेला परेकोले निजलाई सोधपुछ गर्दा उक्त गाँजा गुलाम
धुनियाको रहेको भनेकोमा लागु औषध सहित दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
कर्जन्हा नगरपालिका ३ स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ६ ग्राम
११० मिलि ग्राम (प्लास्टिक सहित) सहित जिल्ला बर्दिया बारबर्दिया नगरपालिका
५ बस्ने गरिबे थारुको छोरा वर्ष ३४ को राम कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय
मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा बिराटनगरबाट
बिरगंज तर्फ जाँदै गरेको यात्रुवाहक बसलाइ चेक जाँच गर्ने क्रममा बसमा सवार निजलाई
चेक जाँच गर्दा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।