बिलबिजक भन्दा बढी सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०७-०२
- A
- A-
- A+
पर्सा, बिरगंज महानगरपालिका २१ हनुमान
चौक स्थितबाट बिलबिजक भन्दा बढी अन्दाजी मुल्य रु. १,६१,००,०००/- (एक करोड एकसट्ठी
लाख रुपैयाँ) बराबरको तोरी लोड रहेको मधेश प्रदेश ०३-००१ ख. ७७८७ र प्र.२-०३-००१ ख
५१८७ नम्बरको ट्रकलाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
परवानीपुर पर्साबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बिरगंज सिर्सियाबाट
रुपेन्देही तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा बिल बिजकभन्दा
बढी सामान रहेको देखिएकोले दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा
कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।