लागु औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित मानिस नियन्त्रणमा
२०८२-०७-०८
- A
- A-
- A+
सर्लाही, सर्लाही मलंगवा नगरपालिका ३ नगरपालिका चोक स्थितबाट
लागु औषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ३५०
मिलिग्राम सहित सोही स्थान बस्ने वर्ष ३५ को मो. अजमल मिकरानी र वर्ष ६० को मो.
एजाजुल हक मिकरानीलाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी
कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले BR 30 AL 4742 नम्बरको मोटरसाइकललाई
चेक जाँच गर्दा मोटरसाइकलको सिटमुनि पहेंलो ब्याग भित्र कागजको खोलमा प्लाष्टिकको
टेपले र्यापिङ गरी राखेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध खैरो हिरोइन (ब्राउन
सुगर) जस्तो देखिने धुलो पदार्थ फेला परेको लागु औषध सहित निजहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।