लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-०८
- A
- A-
- A+
धनुषा, बिदेह नगरपालिका १ कार्यालय अगाडीबाट लागु औषध ब्राउन
सुगर जस्तो देखिने पर्दाथ १.३७० मिलि ग्राम (प्लास्टिक सहित) सहित सबैला नगरपालिका
१३ किर्तिपुर टोल बस्ने लटु यादवको छोरा बर्ष २० को आकाश यादवलाई शुक्रबार साँझ
प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी
चौकी ठाडिझिझाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको निजलाई
शंका लागी चेक जाँच गर्दा निजले लगाएको सेतो जिन्स पाइन्टको बायाँ पकेटमा लुकाई
छिपाई राखिएको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध फेला परेकोले लागु औषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
।