कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८२-०७-१२
- A
- A-
- A+
धनुषा, कमला नगरपालिका-९
स्थितबाट कटुवा पेस्तोल (होम मेड) सहित सोही
स्थानको सुन्दरपुर बस्ने अन्दाजी बर्ष ४५ शिवपुजन मण्डललाई मंगलबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । कमला नगरपालिका-९ बस्ने नवल मण्डलको छोरा अन्दाजी बर्ष
२७ को सुरेश मण्डलले कमला नगरपालिका-९ झोलुङ्गे पुलमा रहेको छठघाटमा (होम मेड)
कटुवा पेस्तोल देखाई स्थानियहरुसंग बादबिवाद गर्दा स्थानीयहरुले उक्त कटुवा पेस्तल
खोसी शिवपुजन मण्डललाई दिएको भनी इलाका प्रहरी कार्यालय खजुरीमा खबर प्राप्त हुना
साथ तत्काल खटिएको प्रहरी टोलीले शिवपुजन मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा
निजले उक्त कटुवा पेस्तोल निजकै आफन्त सोही स्थान बस्ने रोहित मण्डलको घरमा कोही
कसैलाई जानकारी नगराई निजको घरको छतमाथी टाएलको छानो भएको कोठाको खाट मुनी लुकाई
छिपाई राखेको भनी जानकारी गराएको हुँदा उक्त स्थानमा टोली खटिगई हेर्दा उक्त
खाटमुनी खाली कटुवा पेस्तोल फेला परेकोमा निज शिवपुजन मण्डललाई कटुवा पेस्तोल सहित
नियन्त्रणमा लिई फरार रहेका सुरेश मण्डलको खोजी कार्य भईरहेको । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।