लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१३
- A
- A-
- A+
पर्सा, जिराभवानी गाउँपालिका वडा नं. १ बलुवा चौक स्थितबाट
लागु औषध Nitzascen-10
लेखिएको १० (दश) पत्ता (१० का दरले १०० पिस) सहित ठोरी गाउँपालिका वडा
नं. ५ सुवर्णपुर छिरिङ्ग लाईन बस्ने श्रीकुमार बस्नेतको छोरा अन्दाजी बर्ष २३ को
विज्ञान बस्नेतलाई बुधबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी
महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै
गरेको पैदल यात्री विज्ञान
बस्नेतलाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको खल्तीमा उक्त
परिमाण बराबरको लागु औषध फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।