खुद्रा तथा लत्ता कपडाहरू सहित ट्रक नियन्त्रणमा
२०८२-०७-१३
- A
- A-
- A+
पर्सा, बिरगंज
महानगरपालिका वडा नं. १४ गण्डक चोक स्थितबाट बिल बिजक भन्दा बढीको खुद्रा तथा
लत्ता कपडाहरू अन्दाजी मुल्य रु. ५४,३४,००८/- (चौबन लाख चौंतिस हजार आठ रुपैयाँ) बराबरको
सामान सहित बा.प्र.०३-००१ ख ०३३२ र ना.६ ख ७९७६ नम्बरको ट्रकहरूलाई बुधबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी
गस्ती टोलिले बिरगंजबाट मकवानपुर तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने
क्रममा बिल बिजक भन्दा बढी सामान देखिएकोले दुवै ट्रकलाई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको
छ ।