लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१७
- A
- A-
- A+
१. सिरहा,
लहान नगरपालिका वडा नं. ११ पडरिया टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने
पदार्थ ३.७० ग्राम र डिजिटल
तराजु थान-१, खुर्पा थान-१ सहित लहान नगरपालिका-११ पडरिया स्थितमा घर बनाई बस्दै
आएको झबरु चौधरीको छोरा बर्ष २३ को सुजित चौधरीलाई आइबार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । ब्राउन सुगर सेवन तथा बिक्री वितरण भइरहेको छ
भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले सुजित
चौधरीको घर कोठामा खानतलासी गर्दा सानो प्लाष्टिकको डब्बामा कालो रंगको
प्लाष्टिकमा २ वटा पोका बेरेर राखेको अवस्थामा उक्त परिमाण बराबरको लागु औषध
ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सिरहा,
कर्जन्हा नगरपालिका-४ भुलके चौक स्थितबाट लागु औषध NITRAZEPAM
ट्याब्लेट ४ पत्तामा १८ पिस सहित जिल्ला मकवानपुर गढि नगरपालिका-४
बस्ने राम प्रसाद तिमल्सिनाको छोरा बर्ष २७ को रविन कुमार तिमल्सिनालाई आइतबार बेलुका
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यलाय बन्दीपुर सिरहाबाट गस्तीमा खटिएको
प्रहरी टोलीले करजन्हाबाट बन्दिपुर तर्फ आउँदै गरेको पैदल यात्री रविन कुमार
तिमल्सिनालाई शंका लागी चेक जाँच गर्दा निजले बोकेको कालो
झोला भित्र लागु औषध NITRAZEPAM ट्याब्लेट फेला पारी
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. सिरहा,
लहान नगरपालिका वडा नं. १ पडरिया टोल स्थितबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने
सेतो पाउडर ६.५० ग्राम सहित सोही स्थान बस्ने उमेश चौधरीको छोरा अन्दाजी वर्ष २६
को योगेश्वर चौधरीलाई आइबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । लागु औषध सेवन
तथा बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट
खटिएको प्रहरी टोलीले योगेश्वर चौधरीको शरीर तथा घर कोठा समेतमा खानतलासी गर्दा सो
घर कोठाबाट लागु
औषध ब्राउन सुगर जस्तो देखिने सेतो पाउडर फेला पारी लागु औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
सिरहा, लहान नगरपालिका वडा
नं. ११ पडरिया टोल स्थितबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.२० (जिरो
प्वान्ट बीस) मिलि ग्राम सहित सोही स्थान बस्ने हरि लाल चौधरीको छोरा अन्दाजी वर्ष
४३ को मनोज चौधरीलाई आइतबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । ब्राउन
सुगर सेवन तथा बिक्री बितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका
प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले मनोज चौधरीलाइ निजको घर अगाडी
आँगनमा फेला पारी निजको शरीर तथा कोठा समेतमा खानतलासी गर्दा सो घरको माथिल्लो
तलामा जाने सिंढी नजिक ढकिया भित्र घाँसले छोपी राखेको अवस्थामा उक्त परिमाण
बराबरको खैरो हिरोइन जस्तो देखिने लागु औषध फेला पारी लागु औषध सहित निजलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।