अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०७-१७
- A
- A-
- A+
१.
बारा, जितपुर सिमरा उपमहानगरपालिका
२१ अमलेखगंज स्थित चेक प्वाइन्टबाट अबैध भन्सार छली (बिल बिजक भन्दा फरक र बिभिन्न
सामानहरुको भन्सार नभएको) कपडा, मोबिल, प्लास्टिकको ब्याग तथा औषधी जन्य सामानहरु
गरी अन्दाजी मुल्य रु. ७०,२९,१५१/- (सत्तरी लाख उनन्तीस हजार एक सय एकाउन रुपैयाँ)
बराबरको सामान सहित ना ५ ख ९२१६ नम्बरको ट्रकलाई आइतवार बेलुका प्रहरीले
नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी चेकिङ
टोलिले बिरगंजबाट कैलाली तर्फ जाँदै गरेको
उक्त ट्रकलाई चेक जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक र विभिन्न सामानहरुको
भन्सार नभएकोले सामान सहित उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको
लागी राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको छ ।
२.
पर्सा, वीरगञ्ज महानगरपालिका
वडा नं. २१ परवानीपुर चोक स्थितबाट विल विजक भन्दा बढीको खुद्रा तथा हार्डवेयरका
सामानहरु अन्दाजी मुल्य रु. ९९,०३,५२१/- (उनान्सय लाख तीन हजार पाँच सय एक्काइस
रुपैयाँ) बराबरको सामान सहित ना.३ ख ५१७३
र ना.६ ख ००३५ नम्बरको माल वाहक ट्रकहरूलाई आईतवार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलिले बिरगञ्जबाट
मोरङ र धनुषा तर्फ जाँदै गरेको उक्त ट्रकहरुलाई चेक जाँच गर्ने क्रममा विल विजक
भन्दा बढीको सामानहरु लोड रहेको देखिएकोले आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व
अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको छ ।