अबैध सामान सहित ट्रयाक्टर नियन्त्रणमा
२०८२-०७-१९
- A
- A-
- A+
१. महोत्तरी मनराशिश्वा नगरपालिका वडा नं. ०८ सहसराम स्थित चेक प्वाइन्टबाट भन्सार छली गरी ल्याउदै गरेको डि.जे. साउण्ड सेटका सामानहरु अन्दाजी मुल्य रु.३,४०,०००।–(तिन लाख चालिस हजार) बराबरको सामान सहित ज.१ त ९५१९ नं.को ट्याक्टर (अन्दाजी मुल्य ९,००,०००।– नौ लाख) मंगलवार राती प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको उक्त ट्रयाक्टरलाई चेकजाँच गर्ने क्रममा भन्सार छलीका समानहरु भएकोले समान सहित ट्रयाक्टर र ट्रयाक्टर चालक देश भारत जिल्ला सितामढी थाना परिहार सुन्दरपुर टोल बस्ने बर्ष २४ को गुलाम नदाफलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।