अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१९
- A
- A-
- A+
१.
सर्लाही, बसवरिया गाउँपालिका
वडा नं. ६ पोखरिया नहर स्थितबाट लागु औषध गाँजा प्लाष्टिक सहित २२.१५० किलो ग्राम
मंगलवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबट
खटिएको प्रहरी टोलीले पोखरीया बाट सुकचैना तर्फ जादै गरेको बागमति प्रदेश-०२-०२२ प
७५६७ नं.को रातो कालो २२० cc पल्सर मोटरसाईकल रोक्न
खोज्दा नरोकि भागेकोमा उक्त
मोटरसाईकललाई लखेट्दै जादाँ मोटरसाईकल चालक मोटरसाईकल र निजको साथमा रहेको प्लाष्टिकको
सेतो रङको बोरा छाडी फरार भएको र उक्त सेतो बोरा चेकजाँच गर्दा लागु औषध फेला पारी
लागु औषध गाँजा र मोटरसाईकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सर्लाही, बसवरिया गाउँपालिका
वडा नं. ६ उत्तर प्रडरिया स्थितबाट लागु औषध गाँजा प्लाष्टिक सहित ११ किलो ग्राम
मंगलवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हिरापुरबाट र
ईलाका प्रहरी कार्यालय मुर्तियाबाट संयुक्त खटिएको प्रहरी टोलीले उत्तर प्रडरिया
स्थितमा प्रदेश२-०३-०१२ प ४४८६ नं.को रातो कालो २२० cc पल्सर मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको, सोही मोटलसाईकल देखी
अन्दाजी ५० मिटर उत्तरमा रहेको उखुबारीबाट सेतो प्लाष्टिकमा बेरेर राखेको लागु औषध
फेला पारी लागु औषध गाँजा र
मोटरसाईकल नियन्त्रणमा लिई, फरार व्यक्तिको खोजतलास भईरहेको छ । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, गोलबजार नगरपालिका
वडा नं. ०८ पुरानो चोहर्वा स्थित रहेको जनता नमुना माध्यमिक विद्यालय नजिकबाट लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ (प्लाष्टिक
सहित तौल गर्दा २ ग्राम ६४० मिली ग्राम,
प्लाष्टिक बाहेक तौल गर्दा २ ग्राम १३० मिलिग्राम) सहित गोलबजार नगरपालिका वडा नं. १०
बस्ने अनुरुद सिंहको छोरा अन्दाजी वर्ष २० को रुपेश सिंहलाई मंगलवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनता नमुना माध्यमिक विद्यालय स्थित लागु औषध बिक्री बितरण भईरहेको भने गोप्य
सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र लागु औषध नियन्त्रण ब्युरो शाखा
कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले रुपेश सिंहलाई नियन्त्रणमा लिई
कानून बमोजिम निजको शरीरको खान तलासी गर्दा निजको दाहिने हातमा १ वटा सानो कालो
प्लाष्टिकको पोकामा लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।