अबैध हतियार सहित मानिस नियन्त्रणमा
२०८२-०७-२०
- A
- A-
- A+
१. पर्सा, विरगंज महानगरपालिका वडा नं.१६ इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत -१ अहिर्वा स्थित सानो सीमा स्तम्भ नं. ३९०/२२ नजिकैबाट चामलको निलो बोरा भित्र लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान-१ सहित विरगंज महानगरपालिका वडा नं. ५ कुमाल टोल घर भएको अन्दाजी वर्ष १८ को सुमित कुमार मण्डल र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. ०७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवारलाई बुधवार दिउँसो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र भारतीय समकक्षी SSB 47 BATTALION “A” COMPANY HEADQUARTERS PANTOKA बाट खटिएको संयुक्त गस्ती टोलीले गस्ति गर्ने क्रममा उक्त स्थान नजिकैको झाडीमा निजहरुलाई लठ्ठ अवस्थामा लुकी छिपी बसेको फेला पारी सोही स्थानमा नै चामलको निलो बोरा भित्र लिकाई छिपाई राखेको कटुवा पेस्तोल फेला पारी निजहरुलई पेस्तोल सहित नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाईएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।