अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२०
- A
- A-
- A+
१. सिरहा, मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोलबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल २ ग्राम ६४० मिलिग्राम) सहित मिर्चैया नगरपालिका वडा नं. ०७ जिवा टोल बस्ने भरत साहको छोरा अन्दाजी बर्ष २६ को सन्तोष साह र सोही स्थानमा बस्ने कारी मण्डलको छोरा अन्दाजी बर्ष २५ को दिपेन्द्र कुमार मण्डललाई बुधवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । जिवा टोलमा लागु औषध ब्राउन सुगर बिक्रि बितरण भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी कानुन बमोजिम निज दिपेन्द्र मण्डलको घर खानतलासी गर्दा निजको घरको पहिलो तल्लामा रहेको भान्सा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।