लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२१
- A
- A-
- A+
१. सर्लाही, धनकौल गाउँपालिका वडा नं. ०४ हरकठवा नाँयाटोल स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ११ किलो ४२० ग्राम), BR 30 R 2997 नं.को मोटरसाइकल सहित धनकौल गाउपालिका वडा नं. ०४ बस्ने अन्दाजी बर्ष ३७ को सुरेन्द्र राय र जिल्ला मकवानपुर राक्सिराङ्ग गाउपालिका वडा नं. ०६ बस्ने अन्दाजी बर्ष ३१ को आकास प्रजालाई विहिवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरकठवा बाट खटिएको प्रहरी गस्ती टोलिले हरकठवा नयाँटोलबाट मैनाथपुर जादै गरेको उक्त सवारी साधनलाई शंका लागि चेकजाँच गर्दा निजहरुले बोकेको ग्यास सिलिन्डर भित्र लुकाई प्लाष्टिकमा बेरेर राखेको लागु औषध गाँजा फेला परेकोले निजहरुलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२. सर्लाही, लालबन्दी नगरपालिका वडा नं. १३ वैरी गाउँ स्थितबाट लागु औषध गाँजा (प्लाष्टिक सहित ३२ किलोग्राम), बागमती प्रदेश-०२-०४३ प ४३२७ नं. रातोकालो रंगको २२० cc पल्सर, बागमती प्रदेश-०२-०३४ प ९८४३ नं.को निलो रंगको २२० cc पल्सर र प्रदेश २-०२-००३ प ८२९० नं.को पहेलो-कालो रंगको २०० cc NS मोटरसाइकलहरु शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी पत्थरकोट सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलिले माईस्थान बाट लालबन्दी जाँदै गरेको उक्त मोटरसाइकलहरुलाई रोक्न खोज्दा मोटरसइकल सोही स्थानमा छाडी मोटरसाइकलमा सवार मानिसहरु फरार भएकोमा उक्त मोटरसाइकलहरु चेकजाँच गर्दा तिनवटै मोटरसाइकलमा रहेको १ वटा कालो झोला र २ वटा प्लास्टिकको बोरा भित्र प्लास्टिकले बेरिएर लुकाई छिपाई राखेको ६ पोका लागु औषध गाँजा र तिनवटै मोटरसाइकल नियन्त्रणमा लिई, फरार व्यक्तिहरुको खोजतलास भईरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।