अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०७-२३
- A
- A-
- A+
१. धनुषा, विदेह नगरपालिका वडा नं. १ मैनाथपुर बजार स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ३५ मिलिग्राम) सहित विदेह नगरपालिका वडा नं. ६ छोटकिटोल गिदा बस्ने अन्दाजी बर्ष २२ को जनक किशोर मण्डललाई शनिवार बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निजलाई शंका लागि चेकजाँच गर्दा निजको हातमा कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला पारी लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।