अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२४
- A
- A-
- A+
१.
पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी
स्थितबाट लागु औषध गाँजा (८ किलोग्राम) सहित वीरगंज महानगरपालिका वडा नं. ३२ बस्ने
अन्दाजी बर्ष ६८ को खेदु महतोलाई आईतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । महतोले
सञ्चालन गरेको किराना पसलमा लागु औषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको
आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी परवानिपुरबाट खटिएको संयुक्त
प्रहरी गस्ति टोलीले खेदु महतोलाई नियन्त्रणमा लिई कानुन बमोजिम निजको पसल र
पसलसँगै जोडिएको कोठा खानतलासी गर्दा उक्त लागु औषध गाँजा बरामद गरी लागु औषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. ४ पूर्व-पश्चिम
लोकमार्ग स्थितबाट लागु औषध ट्रामाडोल १३ पत्ता (१३० पिस) र मधेश प्रदेश-०३-०२५ प
९७२१ नम्बरको स्कुटर सहित लालबन्दी नगरपालिका वडा नं. १६ तामाङ् टोल बस्ने हेम
बहादुर वाईवाको छोरा अन्दाजी बर्ष २७ को बुद्द सिंह वाईवा र हरिवन नगरपालिका वडा
नं. ३ श्रीपुर बस्ने भिम बहादुर योञ्जनको छोरा अन्दाजी बर्ष २४ को शरिन योञ्जनलाई
आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय
रौतहटको ट्राफिक चेकिङ्ग टोलीले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको उक्त स्कुटरलाई
शंका लागि चेक जाँच गर्दा स्कुटरको ह्याण्डलमा रेनकोटको झोलामा लुकाई छिपाई
ल्याएको अवस्थामा उक्त लागु औषध फेला पारी लागु औषध र स्कुटर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
धनुषा, विदेह नगरपालिका वडा नं. १ रेल्वे
पट्रि स्थितबाट खैरो हेरोईन जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित ४२.४६० मिलिग्राम
र प्लाष्टिक बाहेक ४१.१९० मिलिग्राम) लागु औषध सहित जिल्ला महोत्तरी बर्दिवास नगरपालिका
वडा नं. ९ बस्ने श्याम किशोर यादवको छोरा
अन्दाजी बर्ष ३० को मुकेश कुमार यादवलाई आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ
। प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपाल तर्फ आउँदै
गरेको निजलाई शंका लागि चेक जाँच गर्दा निजको पाईन्टको बायाँ गोजी भित्र सेतो
प्लाष्टिकमा लुकाई छिपाई राखिएको खैरो हेरोईन सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।