फरार कैदी नियन्त्रणमा
२०८२-०७-२४
- A
- A-
- A+
१.
पर्सा, वीरगंज महानगरपालिका वडा नं. ८ स्थितबाट
Generation-Z
(Gen-Z) को आन्दोलनको क्रममा केन्द्रिय
कारागार जगनाथदेवल, काठमाडौंबाट फरार रहेको कर्तव्य ज्यान
मुद्दाका कैदी वीरगंज महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३७ को दिपक कुमार महरालाई
आईतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । निज आफ्नै गाउँघरमा लुकीछिपी बस्दै
आएको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय वीरगंजबाट खटिएको प्रहरी
गस्ति टोलीले निजलाई नियन्त्रणमा लिई कारागार कार्यालय वीरगंज पठाइएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।