लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१४
- A
- A-
- A+
१.
पर्सा, जिराभवानी गाउपालिका वडा नं. ०५ शंकर
सरैया टोलबाट लागू औषध गाँजा (प्लाष्टिक सहित ३० किलोग्राम ) सहित देश भारत बिहार राज्य जिल्ला बेतिया मुसहरी
टोल बस्ने अन्दाजि बर्ष ६५ को गामा बिनलाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा
लिएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र अस्थाई प्रहरी पोष्ट शंकर
सरैयाबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको निज
पैदल यात्रीमाथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले पिठ्युमा
प्लाष्टिकको बोरामा लुकाई छिपाई राखिरहेको लागू औषध गाँजा फेला पारी लागू औषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।