अबैध सामान सहित ट्रक नियन्त्रणमा
२०८२-०८-१४
- A
- A-
- A+
१.
सर्लाही, बागमती नगरपालिका वडा नं. १२ स्थित
चेक प्वाईन्टबाट अबैध भन्सार छली ( बिल-बिजक र VCTS बिलमा फरक भएको ) मेडिकल सर्जिकल आईटम र स्पेयर
पार्टसका खुद्रा सामानहरुगरी अन्दाजि मुल्य रु.७८,१४,५१७।–( अक्षरेपी अठ्हत्तर लाख
चौध हजार पाँच सय सत्र) बराबरको समान सहित ना ८ ख १००५ नम्बरको डब्बा ट्रक
शुक्रबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका
प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको संयुक्त
प्रहरी चेकिङ् टोलिले बिराटनगरबाट ललितपुर तर्फ जादै गरेको उक्त डब्बा ट्रकलाई चेक
जाँच गर्ने क्रममा बिल बिजक भन्दा फरक समानहरु भएकोले सामान सहित उक्त डब्बा ट्रकलाई
नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय
पथलैया, बारामा
बुझाईएको छ ।