स्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा
२०८२-०८-१४
- A
- A-
- A+
१.
पर्सा,बिरगंज महानगरपालिका
वडा नं. १६ रजत जयन्ती चोक स्थितबाट स्रोत नखुलेको नेपाली रुपैयाँ रु. १०,००,०००।–(
अक्षरेपी दश लाख ), मधेश प्रदेश-०३-०२५ प ९७०८ नम्बरको मोटरसाइकल सहित भारत बिहार
राज्य मोतीहारी जिल्ला पुर्वि चम्पारण रक्सौल परेउवा वडा नं.०१ एयरपोर्ट रोड बस्ने
श्रीलाल साहको छोरा अन्दाजि वर्ष ५३ को सुरेन्द्र साहलाई शुक्रबार बिहान प्रहरीले
नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बिर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघर,
पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ
आउदै गरेको उक्त मोटरसाइकललाई माथी शंका लागी नियन्त्रणमा लिई चेकजाँच गर्दा
मोटरसाइकलको बाँया पट्टिको साईड पल्ला (एयर फिल्टर नजिकको टुल बंक्स) मा लुकाई
छिपाई राखेको उक्त रकम बरामत गरी रकम र मोटरसाइकल सहित निजलाई नियन्त्रणमा लिएको
हो । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।